Notices

Notices

PMS Software Training संम्बन्धमा

Published: May 22, 2017

उपरोक्त सम्वन्धमा यस विभागबाट हुन गईरहेको PMS Software Training संम्बन्धमा, सुरक्षित, असरयुक्त तथा गुणयुक्त औषधि बजारमा उपलब्ध गराउने तथा अनुगमन गरि हाल वजारमा उपलब्ध औषधिहरुको उत्पादन तथा आयातसाथै बजारमा उपलब्धताको तथ्यांक संकलन तथा वितरणलाई ब्यवस्थित गरि बजारमा उपलब्ध औषधिहरुको गुणस्तरीयता सम्बन्धि प्रत्याभुति दिन आवश्यक भएकाले सो कार्यलाई सजिलो बनाउन PMS (Software for Post Marketing Surveillance and Management of Market Authorization) SOFTWARE को ब्यबस्था गरिएको अनुरोध छ| साथै सो कार्यमा सरोकारवालाहरुलाई सहज र सरल ढंगले सहयोग पुगोस् भन्ने हेतुले देहायको मिति समय र स्थानमा आवश्यक तालिम/ जानकारी दिने भएकोलेE सम्वन्धित कार्य गर्ने कर्मचारी/व्यवसायी अनिवार्य उपस्थितिको लागि निर्देशानुसार अनुरोध छ|साथै उक्त Software औषधिहरुको नमुना परिक्षणको निवेदन साथै परिक्षणको प्रतिवेदन समेत यसै SYSTEM वाटै उपलब्ध गराईने भएकाले सो कार्य सहजिकरणका लागि पनि अनिवार्य उपस्थिति भई तालिम लिनुहुन समेत जानकारी गराईन्छ|

PMS Software का फाईदाहरु

  • औषधि परिक्षणका लागि कागजात सहित software बाटै आवेदन गर्न सकिने |
  • औषधि परिक्षणका प्रतिवेदन सिधै software बाटै प्राप्त गर्न सकिने |
  • औषधि उत्पादन तथा आयात विवरण सजिलै उपलब्ध गर्ने/गराउने |
  • Narcotics and Psychotrophic औषधिका विवरणहरु software बाटै उपलब्ध गर्न सकिने |
  • औषधिको अभाव आंकलन गर्न सकिने |

स्थान:औषधि व्यवस्था बिभागको सभाहल

मिति:२०७४/०२/०७ (आयातकर्ताहरुका लागि)

मिति: २०७४/०२/१४ (स्वदेशी उत्पादकहरुका लागि)

समय: दिउसो १ बजे


Citizen Charter

Visit our citizen charter section for information on basic rules & regulation to acquire our service.

View Citizen Charter

Any feedback?

Your feedback & suggestions are very important to us, Please send us your feedback!

Send Your Feedback